कोपाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने
बुधबार, २३ असार २०७८, १० : २२

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना पेनाल्टीमा ३–२ गोलले विजयी बनेको हो ।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलमा अर्जेन्टिनाले शुरुवातमा नै लाउटारो मार्टिनेजको गोलले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा लुइस डियाजले बराबरी गोल फर्काएका थिए ।
अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । अब शनिबार अर्जेन्टिनाले आफ्नो १५ औँ कोपा अमेरिकाको उपाधिको लागि चिर प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ । दुई टोली सन् २००७ पछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा
-
तीन ब्याट्सम्यानको उत्कृष्ट अर्धशतकपछि पनि अस्ट्रेलियासँग केही लागेन पाकिस्तानको
-
एमाले गण्डकी अधिवेशन : उम्मेदवारी मनोनयन सुरु
-
टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता
-
खेलाडीहरू पहिलो पटक रङ्गिन जर्सीमा सजिएको पाँचौँ विश्वकप
-
अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो