विदेशमा चिकित्सा शिक्षा पढेकाले स्वदेशमै इन्टर्नसिप गर्न पाउने व्यवस्था (सूचनासहित)
विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेको तर कोरोनाका कारण इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीले अब स्वदेशमा नै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् ।
कोरोनाभाइरसका कारण विदेशमा इन्टर्नसिप गर्न नपाएकाले नेपालमै गर्न पाउनुपर्ने उनीहरुले लामो समयदेखि माग राख्दै आएका थिए ।
सोही अनुसार चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरेको हो ।
चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड –१९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीलाई आवेदन दिन माग गरेको छ ।
आयोगमा २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर बाँकी अवधि पूरा गर्नका लागि आवेदन माग हो ।
इन्टर्नसिप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले आवेदन माग गर्ने निर्णय गरेको हो । आवेदन २४ असारबाट ५ साउनसम्म अनलाइनमार्फत भर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि