शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–चाइना ट्रेडले दियो प्रहरीलाई विपत प्रतिकार्यका लागि सामग्री

बुधबार, २३ असार २०७८, १२ : ५९
बुधबार, २३ असार २०७८

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एशोसिएसनले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौंती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताए । त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटरहरु पनि प्रदान गरेको छ । यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्य चौकीहरुलाई कन्सनट्रेटर प्रदान गरिनेपनि जनाइएको छ ।

दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले जानकारी दिइन्  । नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपतकालिन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप