मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

बुधबार, २३ असार २०७८, १८ : १०
बुधबार, २३ असार २०७८

कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ । विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १/१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर  ६१ जना नयाँ संक्रमित थपिएका छन् । 

८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज प्रदेशभर ८४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ५४ मा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप