बाल्चनपुर जंगलसहिया सडकको दुवै किनारमा वृक्षारोपण

person explore access_timeअसार २४, २०७८ chat_bubble_outline0

रौतहटको जंगलसहिया बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा गुजारा नगरपालिका–3  जङलसहिया चौकदेखि बाल्चनपुर सडकको दुवै  किनारमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादव र गुजराका मेयर सन्तलाल चौधरीले संयुक्त रूपमा बिरुवा रोपेर योजनाको शुभारम्भ गरेका छन्  ।

महोगनी,गोल्डमोहर,र कल्की फुलको एक हजार बिरुवा रोपिएको सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश साहले जानकारी दिएका छन् । जिल्ला डिभिजन वन प्रमुख यादवले सडकको दुवै किनारमा भएको वृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्ने बताएका थिए । वृक्षारोपण पछि बिरुवाको सुरक्षार्थ बाँसको घेरा डोल लगाइएको र बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिएको गुजरा नपाका प्रमुख प्रशासकीय  अधिकृत विनोद कुमार जयसवालले जानकारी दिएका छन्।

पहिलो चरणमा एक हजार बिरुवा रोपिने र बाँकी रहेको स्थानमा दोस्रो चरणमा पुरा हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।