बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता दिलिपकुमारको ज्यान लिने प्रोस्टेट क्यान्सर के हो ?

बिहीबार, २४ असार २०७८, १२ : ४७
बिहीबार, २४ असार २०७८

भारतीय अभिनेता दिलिपकुमारको मंगलबार निधन भएको छ । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनमा एडभान्स्ड प्रोस्टेट क्यान्सर थियो र यो शरीरका बाँकी अंगमा फैलियो । यहीकारण उनको प्यूरल क्याविटीमा पानी भरिएको थियो, जसलाई धेरैपटक निकालियो पनि । तर यसका बाबजुद उनको किड्नी फेल भयो । एडभान्स्ड प्रोस्टेट क्यान्सर के हो र यसका बिरामीहरुले के कुरामा ध्यान दिनुपर्छ ? आउनुस् यसबारे चर्चा गरौं :

 के हो एडभान्स्ड क्यान्सर ?

पुरुषको युरिनल ब्लाडरको तल्लो हिस्सामा कागती आकारको ग्ल्यान्ड हुन्छ । यसलाई प्रास्टेट ग्ल्यान्ड या पीयूष ग्रन्थी पनि भनिन्छ । पूरुषको उमेरसँगै यस ग्ल्यान्डको आकार पनि बढ्न थाल्छ ।  यदि यसको आकार सामान्यभन्दा धेरै भयो भने सोच्न जरुरी छ । प्रोस्टेट क्यान्सरका दुई स्टेज हुन्छन् ।

पहिलो : अर्ली स्टेज, जसमा क्यान्सर पत्ता लगाएर रेडिएशन, एन्ड्रोजन डिप्राईवेशन थेरापी र सर्जरीको सहयोगले यसको उपचार संभव हुन्छ । अर्को, एडभान्स्ड स्टेज : जहाँ उपचार थोरै मुस्किल हुन्छ । यसमा रेडिएशन, एन्ड्रोजन डिप्राईवेशन थेरापी र सर्जरीको सहयोगले केवल राम्रो गुणस्तरको जीवन दिन सकिन्छ । 

लक्षण 
पिसाब गर्न रोकावट महसुस हुन्छ । 
बारम्बार पिसाब आउँछ । 
बिरामीको हड्डी, कम्मरमा दुखाई पनि हुनसक्छ । 
तर, यी कुनै पनि लक्षण प्रास्टेट क्यान्सरकै विशेष लक्षण भने होइनन् किनकी अन्य रोगका बिरामीमा पनि यस्ता लक्षण देखिन्छन् । यस क्यान्सरका कारण वीर्यमा पनि रगत देखिन्छ । 

कसलाई धेरै खतरा ?

उमेर बढेसँगै प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि बढ्न थाल्छ । प्रायजसो पुरुषहरूमा ५० वर्षको उमेरपछि प्रोस्टेट क्यान्सरको लक्षण देखिन्छ । औसत रुपमा प्रोस्टेट क्यान्सर हुने उमेर ६५ साल देखिएको छ ।  ४० वर्षभन्दा कम उमेरका रुपमा दुर्लभ रुपमा मात्रै यो रोग देखिन्छ । 

कसरी पहिचान गर्ने 
५० वर्षभन्दा माथिको उमेरका पुरुषले पिएसए अर्थात् प्रोस्टेट स्पेसिफिक एन्टिजन परीक्षण गराउन निकै जरुरी हुन्छ । यसमा रगत परीक्षण गरिन्छ । यदि पिएसएको भ्यालु बढ्यो भने प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप