विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

वायु सेवा निगमको कार्यालय तनावग्रस्त,आन्दोलनरत कर्मचारीद्वारा नाराबाजी

विहीबार, २४ असार २०७८, १३ : १७
विहीबार, २४ असार २०७८

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, सुन्धारा तनावग्रस्त भएको छ । गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि केन्द्रीय कार्यालय तनावग्रस्त बनेको हो । 

यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले रातोपाटीलाई जानकारी दिए ।  निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने डाँगीले बताए ।

राष्ट्रिय ध्वजाबाहक जस्तो इतिहास बोकेको राष्ट्रिय वायु सेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित छन् ।  गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारी बीच तनाब स्थिति पनि आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप