शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्याङ्क स्थापना

बिहीबार, २४ असार २०७८, १३ : ५४
बिहीबार, २४ असार २०७८

नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्याङ्क स्थापना गरिएको छ । प्रतिष्ठानमा स्थापना भएको २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क स्थापनासँगै बुधबारबाट सञ्चालनमा ल्याइएको छ ।

ट्याङ्क स्थापना गरिए सँगै अब मुख्य अक्सिजन प्लान्ट बिग्रँदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउँदा लिक्विड अक्सिजन ट्याङ्कबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरूमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए । ‘यो वैकल्पिक अक्सिजनको व्यवस्थापन हो, ब्याकअपको रुपमा रहन्छ,’उनले भने,‘अक्सिजन प्लान्ट चलेन र सिलिन्डर पनि भएन भने पनि यो ट्याङ्कले ५,६ दिन धान्न सक्छ ।’

प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्याङ्कबाट पाइप लाइनबाट विभिन्न वार्डहरूमा र कोभिड अस्पतालमा अक्सिजन सप्लाईको व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा यसअघि नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ । त्यहाँबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको छ । यो प्लान्ट बिग्रँदा, कम क्षमतामा चल्दा वा उत्पादनमा तलमाथि भएमा लिक्विड ट्याङ्कबाट अक्सिजन पठाइने सह प्रवक्ता डा पोखरेलले बताए । ‘वीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिन्डरहरूमा भरेर ल्याउने झन्झट पनि हुँदैन । सबै वार्डहरूमा पाइपलाइन विस्तार हुँदा सिलिन्डरको रिप्लेस हुन्छ,’उनले भने,अब बिरामीलाई अक्सिजनको कमी भएर ज्यान जाने स्थिति हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप