बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न रेन्जका सामसङ लन्ड्री केयर वासिङ्ग मेसिन नेपाली बजारमा

शुक्रबार, २५ असार २०७८, ०० : ०८
शुक्रबार, २५ असार २०७८

नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमाइको बब्ब टिएम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । जसले गर्दा कपडालाई ४५५ थप सुरक्षा प्रदान गर्दछ ।

गुणस्तरीय धुलाईको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ । यी नयाँ मोडेलका वासिङ मेसिनले प्रयोगकर्ताहरूको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ्ग साइकलको विकल्प प्रदान गरेको कम्पनीले जनाएको छ । जब सामसङ स्मार्ट थिङ्गस् एपको माध्यमबाट कनेक्टेड भइन्छ, त्यसपछि यसले २.८ मिलियन डाटा वाइन्टहरु मार्फत स्मार्ट लन्ड्री रिसिप सोलुसनको माध्यमबाट उत्कृष्ट विकल्प प्रदान गर्ने जनाइएको छ । 

कम्पनीका अनुसार यो वासिङ्ग मेसिन चैत्र १९, २०७८ देखि नेपाल अधिराज्यभर रहेका हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार अन्तर्गत रहेका रिटेल पार्टनरहरुमार्फत सहजै खरिद गर्न सकिनेछ । यी वासिङ्ग मेसिनहरु रु. १,०९,९९० देखि उपलब्ध रहेका छन् । यसमा ८/६केजी र १२/८केजी को वासर ड्रायरको साथै १२ केजीवासर टाइप वासिङ्ग मेसिनको भेरियन्टहरुमा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप