ग्यालेक्सी एम३२ नेपाली बजारमा, यस्ता छन् फिचर
सामसङले नेपाली बजारमा अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम३२ प्रस्तुत गरेको छ । यसमा ९० हर्जको रिफ्रेस रेटको साथ ६.४ इन्चको FHD+ Super AMOLED रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभवसमेत प्रदान गर्दछ । यसको स्क्रिन ब्राइटनेस 800nits ले ग्यालेक्सी एम३२ लाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि M सिरिजहरुमा उपलब्ध रहेका थिएनन् ।
यसमा ६००० mब्ज व्याट्री तथा भर्साटाइट ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ । नयाँ ग्यालेक्सी एम३२ मा ६.४ इन्चको FHD+ Super AMOLED Infinity-U screen रहेको छ । यसमा Octa-Core MediatekHelio G80 processor रहेको छ ।
कालो, निलो, र सेतो गरी ३ आकर्षक कलरहरूमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध रहेका छन् । ग्यालेक्सी एम३२ 4/64GB लाई रु २४ हजार ९९९ तोकिएको छ भने ग्यालेक्सी एम३२ 6/128GB भेरियन्टलाई रु २७ हजार ९९९ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै