बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतमा एक हप्ताका लागि थपियो निषेधाज्ञा

शुक्रबार, २५ असार २०७८, १८ : ५८
शुक्रबार, २५ असार २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । 

कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप (खुकुलो बनाउँदै) निषेधाज्ञा थपिएको हो’ उनले भने । जसमा औषधि र औषधिजन्य पदार्थको पसल र इन्धनका पम्पहरु २४ सै घण्टा सञ्चालन हुनेछन् । तरकारी फलफूल लगायत दूधजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजे सम्म खोल्न सकिने र खाद्यान्न पसल लगायत अत्यावश्यक सामग्रीको पसलहरु बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने छन् । होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

जेठ अन्तिम सातादेखि असार दोस्रो सातासम्म सुर्खेतमा कोरोना संक्रमण दरमा निकै कमी आएको थियो । वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरेसँगै कोरोना नियन्त्रण करिब शून्यमा झर्नै लागेको थियो । यद्यपि, पछिल्लो केही दिनमा सुर्खेतमा कोरोना संक्रमण थपिने क्रम बढेको देखिन्छ । पछिल्लो चार दिनको तथ्याङ्क हेर्दा मंगलबार २४  जनामा गरिएको पीसिआर परीक्षणबाट १६, बुधबार ५६ जनामा गरिएको परिक्षणका क्रममा २९ र बिहीबार ८० जनामा गरिएको परिक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार ५ जनामा  कोरोना पुष्टि भएको छ ।  

यस्तै बुधबार र बिहीबार १÷१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  स्वास्थ्य सेवा निर्देशनालयले केही दिन अघिसम्म रुकुम पश्चिम, सल्यान, दैलेख, जुम्ला लगाएका जिल्लामा उच्च जोखिम कायमै रहेपनि सुर्खेतमा संक्रमण दर न्युन भएको बताएको थियो । उल्लेखित तथ्याङ्कले कोरोनाको जोखिम अझै पनि उच्च रहेको देखाउँछ ।

जनस्वास्थ्यविद्हरुले समुदायमा परीक्षणको दायरा बढाएको खण्डमा कोरोनाका बिरामी अत्यधिक मात्रामा थपिन सक्ने बताएका छन् । पछिल्लो केही समय देखि निषेधाज्ञा खुकुलो पारिएको छ । खुकुलो बनाएसँगै मान्छेको आवत–जावत पनि निकै बढेको छ । प्रदेश राजधानी भएकाले पनि विभिन्न सरकारी कार्यालयहरूमा मान्छेको भिड उस्तै हुने गरेको छ । यसैले पनि कोरोनाको जोखिम अझ बढ्न सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप