जापान ओलम्पिकको तयारीमा कल्पना (तस्बिरहरु)
जापान ओलम्पिक आउन अब करिब २ साता बाँकी छ । यहीबीच वाइल्ड कार्ड इन्ट्रीबाट सुटिङमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कल्पना परियार पनि खेलको तयारीमा जुटेकी छन् ।
उनले नेपालको तर्फबाट १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । गत जेठ १४ गते उनले वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सार्वजनिक गरेको थियो जसमा उनको नाम पनि परेको छ ।
यसैगरी सुटिङमा वाइल्ड कार्डका लागि योग्य हुन अन्तर्राष्ट्रिय सुटिङ महासंघले निर्धारण गरेको न्यूनतम छनोट स्कोर ल्याएको हुनुपर्ने प्रावधान पुरा गर्दै कल्पना छनोटमा पर्न सफल भएकी छिन् ।
१० मिटर एयर राइफलको लागि महासंघले ५९० एमक्यूएस राखेकोमा उनको स्कोर ६१३.९ छ जसका कारण उनको ओलम्पिक यात्रा सुनिश्चित भयो ।
कोरोना महामारी सुरु हुनुअघि कतारको दोहामा सन् २०१९ को नोभेम्बरमा भएको एसियाली सुटिङ च्याम्पियनसिपमा कल्पनाले ६१३.९ स्कोर गरेकी थिइन् ।
‘यो पटकको ओलम्पिकमा मेरो उद्देश्य भने स्कोर बढाउनु नै हो । मैले आफ्नो पर्फमेन्सलाइ अझ सुधार गर्नुछ, मेडल जित्नु नै मेरो मुख्य ध्येय भए पनि अंक सुधार गर्नुलाई पनि मैले प्राथमिकतामा राखेकी छु’, कल्पनाले भनिन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण