शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन

शनिबार, २६ असार २०७८, १४ : ३९
शनिबार, २६ असार २०७८

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवासीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो ।

प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरी काम गर्ने बताइएको छ । महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित्र नयाँ कार्यसमिति गठन गरिसक्ने जनाएको छ । 

महासङ्घका राष्ट्रिय शाखा भने तत्काल गठन गरिने नवनियुक्त योगीको भनाइ छ । महासङ्घको उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (युके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन् । यसैगरी सचिवमा अनिल अधिकारी  (अमेरिका), छत्र शङ्कर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन् । त्यस्तै सल्लाहकारमा डा.भरतराज पौडेल (अस्ट्रेलिया) तथा डा.जगन अधिकारी (युके) रहेका छन् । यस्तै जुन देशमा महासङ्घ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ ।  

गैरआवासीय नेपाली पत्रकार महासङ्घ नेपालबाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ । त्यस्तै सल्लाहकारमा डा.भरतराज पौडेल (अस्ट्रेलिया) तथा डा.जगन अधिकारी (युके) रहेका छन् ।

बितेको एक दशकमा नेपालबाहिर नेपाली अनलाइन पोर्टल लगायतका  सञ्चारमाध्यमको उल्लेख्य वृद्धि भएको छ । तिनको दीगोपना र गुणस्तरमा भने समस्या देखिएको छ । त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारलाई मान्य हुने गरी आचारसंहिताको विकास गर्नुपर्ने आवश्यकता पनि देखिएको बताइएको छ । साथै अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारका संस्थासँग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरू बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासङ्घ गठन गरिएको महासङ्घका अध्यक्ष योगी बताउँछन् ।

महासङ्घले विदेशमा रहेका नेपाली पत्रकारलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवद्र्धनका लागि काम गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप