शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानकी मिल्ने साथीसँग श्रीमतीको प्रेम बस्यो, सँगै बस्न थालेपछि यसरी फेरियो जीवन

आइतबार, २७ असार २०७८, १२ : ३३
आइतबार, २७ असार २०७८

श्रीमान, श्रीमतीको जीवनमा कुनै तेस्रो व्यक्तिको प्रवेशबारे सुन्नुभएको होला तर अमेरिकाको सिएटलमा यस्तो घटना सार्वजनिक भएको छ जुन थाहा पाउँदा तपाईं चकित हुनुहनेछ । यहाँ विवाहपछि जब श्रीमानलाई आफ्नी श्रीमती द्वीलिङ्गी भएको थाहा भयो तब उनले श्रीमतीलाई उपहारमा उनको प्रेम दिए । अर्थात्, श्रीमानले ती महिलालाई घरमा ल्याए जसलाई उनकी श्रीमतीले प्रेम गर्थिन् । त्यसपछि यी तीनजनाको जीवन कसरी चलिरहेको छ, यसबारे उनीहरुले निकै अचम्मित गरिदिने जानकारी दिए ।

अमेरिकाको यो जोडीको प्रेम कहानीको सुरुवात कलेजबाट भएको थियो । श्रीमान् जस्टिन व्यावसायिक रुपमा हास्यकलाकार हुन् । उनका अनुसार सन् २००६ मा एक कमेडी शोको क्रममा उनको भेट रियल स्टेट असोसिएट केटी रुपलसँग भएको थियो । यो भेट प्रेममा बदलियो । यी दुईले एक–अर्कालाई थुप्रै वर्षसम्म डेट गरे ।

सन् २०१३ मा केटी र जस्टिनले विवाह गरे । विवाहपछि श्रीमान्–श्रीमतीबीच केही कुरा लुक्दैन भन्ने गरिन्छ । यस्तै, एक गोप्य जानकारीबारे जब केटीले श्रीमानलाई बताइन्, तब उनी हैरान भए ।

केटीले बताए अनुसार उनी द्वीलिङ्गी हुन् र यसबारे आफू उत्सुक भएको र यसबारे थप जानकारी लिन चाहेको बताइन् । त्यसपछि उनले जस्टिनकी साथी क्लेयरबारे कुरा गरिन् । क्लेयरलाई उनले आफ्नो सोसल मिडिया अकाउन्टमा देखेको र उनीतर्फ आफू आकर्षित भएको पनि केटीले श्रीमानलाई बताइन् ।

जस्टिनले बताए अनुसार ३६ वर्षीया क्लेयर थोर्नहिल उनकी कलेजकी साथी हुन् । जब आफ्नी श्रीमतीले क्लेयरलाई प्रेम गर्ने उनले थाहा पाए तब एकदिन उनले श्रीमतीसँग मिलेर क्लेयरलाई यसबारे कुरा राखे ।

क्लेयरले यसबारे कुरा गर्दै भनिन्, ‘जब जस्टिन र उनकी श्रीमती केटीले यसबारे कुरा गरे तब म सुरुमा त निकै अचम्ममा परेँ तर म पनि पहिले देखि नै महिला–पुरुष दुबैमा रुची राख्ने भएकोले म उनीहरुसँगै बस्न राजी भएँ ।’

तीनैजनाका अनुसार यस्तो प्रकारको सम्बन्ध टिकाउनका लागि टीमवर्क र राम्रो संवाद आवश्यकता पर्छ । तीमध्ये यदि कसैलाई कुनै कुरा चित्त बुझ्दै वा कुनै कुरामा जलन हुन्छ भने उनीहरु एक–अर्कासँग बसेर यसबारे चर्चा गर्छन् ।

उनका अनुसार यो निर्णयले उनका आमाबुवालाई कुनै समस्या भएन तर उनीहरुले थुप्रैपटक अनलाइनमा ट्रोलको भने सामना गर्नुपरेको छ । क्लेयर भन्छिन्, ‘एक मानिसको रुपमा, हामी कुनै एक व्यक्तिका लागि आफ्नो प्रेम कम नगरीकनै थुप्रै मानिसहरुलाई प्रेम गर्न सक्षम छौं र हामी एक–अर्कालाई पाएर निकै भाग्यमानी छौं ।’

उनले भनिन्, ‘हामीलाई आफ्नो साझेदारीमा गर्व छ र चाहन्छौं कि कसैलाई प्रेम गरेकै विषयमा तपाईंले लज्जा महसुस गर्नुपर्दैन भनेर जानकारी दिन चाहन्छौं ।’

एनवाइ पाेस्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप