शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

आइतबार, २७ असार २०७८, १८ : ४३
आइतबार, २७ असार २०७८

पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । 

मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलोपटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको हो । यो अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २७ विरामीको मृत्यु भएको छ । सङ्क्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो । 

पाकिस्तानमा अहिलेसम्म कूल  नौ लाख ७३ हजार २८४ सङ्क्रमित रहेका छन् २२ हजार ५८२ सङ्क्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३१३, इस्लामाबादमा ८३ हजार ६४७, बालोचिस्तानमा २७ हजार ९६१, गिलगिट–बाल्टिस्तानमा छ हजार ८५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति सङ्क्रमित भएका छन् ।

यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह  गरेका छन् । पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरुतिर कोरोना भाइरसको चौंथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई उदृत गरी आफ्नो समाचारमा लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप