एक डोज लगाए पुग्ने अमेरिकी खोप नेपालमा, प्रधानमन्त्रीलाई हस्तान्तरण (फोटोफिचर)
अमेरिकी सरकारले अनुदानमा सहयोगमा नेपाललाई जोन्सन एण्ड जोनसनको खोप उपलब्ध गराएको छ । नेपालमा आएका यसअघिका भेरोसेल र कोभिसिल्ड खोप दुई डोज लगाउनुपर्नेमा सो खोप एक जोड मात्रै लगाए पुग्नेछ ।
सोमबार १५ लाख ३४ हजार ८५० मात्रा सो खोप काठमाडौं आइपुगेसँगै विमानस्थलमा अमेरिकी राजदूत -याण्डी बेरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका थिए ।
सो क्रममा अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि सहयोगी हुने मन्त्री श्रेष्ठले बताए ।
यस्तै अमेरिकी राजदूत बेरीले पनि राजनीतिक लाभका लागि आफ्नो देशले खोपको व्यापार नगर्ने बताएका छन् ।
आजै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेरीले हस्तान्तरण गरेको छन् । अमेरिकाले दिएको सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई दिने सरकारले तयारी गरेको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
