बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै पार्टीका २६ जना अराजकले विपक्षीलाई बल पास गरे : ओली

मङ्गलबार, २९ असार २०७८, १५ : १६
मङ्गलबार, २९ असार २०७८

केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे । 

उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे । आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे । 

उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप