शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारबाट बाहिरिँदै ओलीले भने– म नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भयो

मङ्गलबार, २९ असार २०७८, १५ : २१
मङ्गलबार, २९ असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी गरेका छन् । मंगलबार सिंहदरबारमा देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी गरेका हुन् । 

उनले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद पनि आभार प्रकट गरे । ‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रूपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ’, उनले भने, ‘सबैको सद्भावले यो सफलता प्राप्त भएको हो । यसले हामीलाई ऊर्जा प्राप्त दिएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकाले उनी आजै सत्ता सञ्चालनको बागडोर छाडेर सिंहदरबारबाट बिदा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप