शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो

मङ्गलबार, २९ असार २०७८, १६ : ०१
मङ्गलबार, २९ असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ  । सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । 

ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको स्थानीयहरुले बताए ।  ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट आउने जानकारी भएको सुरक्षा स्रोतले बताएको छ ।

एमालेका नेता महेश बस्नेतका अनुसार पार्टीका अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोट निवाससम्म स्कर्टिङ गर्ने कार्यक्रम रहेको बताए । युवा संघको आयोजनामा भोलि ११ बजे दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोटको घरसम्म लैजाने कार्यक्रम रहेको बस्नेतले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप