शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ – प्रदेशसभाको अवरोध हट्यो

मङ्गलबार, २९ असार २०७८, १७ : ०२
मङ्गलबार, २९ असार २०७८

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी आर्थिक वर्षको बजेटमा रहेका त्रुटिहरुलाई सच्याउने प्रतिबद्धता जनाएपछि दुई दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सुरु भएको छ ।

प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आर्थिक वर्ष ०७८÷०७९ को बजेटमा त्रुटिहरु रहेको स्वीकार्दै सच्याउने प्रतिवद्धता व्यक्त गरेपछि प्रदेशसभा वैठक सुरु भएको हो ।

विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्न थालेपछि मुख्यमन्त्री राउतले निर्धारित गरिएको प्रदेशसभा बैठकको योजना विपरित आज जवाफ दिँदै बजेट सच्याउने बताए । प्रदेशसभा बैठकमा मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय र महिला बालबालिका यूवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल कार्यक्रम थियो । तर विपक्षी एमाले र माओवादी केन्द्रका सांसदहरुले लागाताररुपमा प्रदेशसभा बैठक अवरुद्ध गर्न थालेपछि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि प्रदेशसभा सचिवालयले असार ३० बुधबारका लागि समय निर्धारण गरेको थियो । 

मुख्यमन्त्री राउतले भने– ‘आवश्यक समन्वय अभावमा बजेटमा सबैको आकांक्षा बमोजिम योजनाहरु समावेश नभएकोले म विश्वास दिलाउन चाहन्छु, यसलाई मन्त्रीपरिषदबाट सुधार गरिनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप