शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनताको जीवन रक्षा मेरो पहिलो प्राथमिकता : नवनियुक्त गृहमन्त्री

मङ्गलबार, २९ असार २०७८, २१ : ०३
मङ्गलबार, २९ असार २०७८

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । शीतल निवासमा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘सबैभन्दा पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षा नै हो’, उनले मन्त्री बनेपछि पहिलो प्रतिक्रिया दिँदै भने ।  अहिलेको अवस्थामा जनताले जीवनको प्रत्याभूति, विपद्को अवस्थामा जनतालाई सुरक्षा दिने भन्ने लगायतका कुरामा आफूले ध्यान दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप