शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेबिजबाट बच्ने उपाय

पालेको कुकुरमा रेबिज रोगको व्यवस्थापन
बुधबार, ३० असार २०७८, १२ : ३३
बुधबार, ३० असार २०७८

रेबिजबाट बच्ने उपाय

डा. केदार कार्की

रेबिज एउटा विषाणु जनित ज्यानमारा रोग हो । यो रोग मुख्य रूपमा कुकुरले टोक्नाले फैलिन्छ । यो रोग कुकुरबाट मात्र होइन बाँदर, बिरालो गाई, बाख्रा, भैँसीको ¥यालसँग सम्पर्क आउनेले तथा यिनले टोके भने पनि यो रोग फैलिन सक्छ । कुकुर एवं बिरालोमा आफूलाई चाट्ने बानी हुन्छ । तसर्थ तिनको पञ्जाले कोतरे पनि रेबिजका जीवाणु शरीरमा प्रवेश गर्न सक्छन् । हाम्रो शरीरमा कुनै घाउ चोट पटक छ, जसमा रोगी पशुको ¥याल खस्यो भने पनि यो रोग मानिस वा अन्य कुनै जनावरमा फैलिन सक्छ । आँखा, कान, नाकमा दूषित -याल खसेमा पनि यो रोग फैलिन सक्छ ।    

विश्वव्यापी रूपमा रेबिजबाट प्रतिवर्ष ६० हजार व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । रेबिजलाई टिकाकरण गराउनाले बचाउ सम्भव छ तर रेबिज लागेपछि मृत्यु हुने निश्चित छ । आजको सूचना प्रविधि एवं चिकित्सा प्रविधियुक्त मानव सभ्यतामा पनि जनस्वास्थ्य कर्मीहरूको चिन्ता र चासो यतिले गर्दा हो नि ।

 रेबिज रोगको मुख्य कारण

रेबिज लासा नामको विषाणुद्वारा हुन्छ । यो विषाणु मुख्य गरी रोगी पशु जस्तै कुकुर, बिरालो, बाँदर जस्ता मांसहारी पशुको ¥यालमा पाइन्छ । कतिपय अवस्थामा स्वस्थ पशुमा पनि हुन्छ ।

कुकुरले टोक्नाले, स्याल, ब्वाँसो, बाँदर, चितुवा आदिले टोक्ने, चिथोर्नाल, मुसा, लोखर्केबाट पनि यो रोग फैलिन्छ । किनकि रेबिजको विषाणु प्राकृतिकरूपले यिनको शरीरमा पाइन्छ । यदि जङ्गली जनावरले यिनको शिकार गरेर खाए भने यो रोग तिनमा फैलिन्छ । यस रोगबाट ग्रस्त गाई, भैँसी आदिको मुखमा हात हाल्दा पनि यो रोग फैलिन्छ ।

मानिसमा रोगका लक्षण 

टाउको दुख्ने, जिउ दुख्ने, कडा ज्वरो, पानीदेखि तर्सिने, आँखा चिलाउने, झम्म हुने, घाँटी खसखस भई चिलाउने, सुन्निने, ¥याल चुहिने, खान पिउन अप्ठ्यारो हुने, अवाज बदलिने, तेज, उज्यालो तेज, आवाजसँग डराउने, चिडचिडापन हुने, अन्तिम अवस्थामा पक्षघात हुने वा बेहोस हुने । यस रोगबाट ग्रसित व्यक्तिवा पशुको ५ देखि  १० दिनभित्रमा मृत्यु हुनसक्छ ।

उपचार एवं रोकथाम 

१. शरीरको जुन अङ्गमा कुकुर आदि जनावरले टोकेको छ, त्यसलाई कम से कम १५ मिनेटसम्म सफा साबुनपानीले धुनुपर्छ ।

२. घाउलाई धोइसकेपछि त्यसमा स्पिरिट, टिन्चर आयोडिन वा बेटाडिन लगाउनुपर्छ ।

३. घाउलाई खुला छाड्ने, त्यसमा बेन्डेज एवं टाँका लगाउनु हुँदैन ।

४. तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

५. कुकुरले टोकेपछि चाँडोभन्दा चाँडो ०–३–७–१४–२८ दिनमा पाँचवटा एन्टिरेबिज खोप लगाउनुपर्छ ।

रेबिजबाट ग्रसित पशुका लक्षण 

मुख्यरूपले पशु अथवा कुकुरहरूमा यस रोगको दुई अवस्था हुन्छन् । पहिलो अवस्थामा लक्षण तीव्र हुन्छन् । कुकुर धेरै उत्तेजित रहन्छ । अचानक टोक्न थाल्छ । काल्पनिक कुरासँग भुक्छ  र विस्तारै पक्षघात हुन्छ ।

दोस्रो अवस्थामा कुकुर आश्चर्य रूपमा शान्त रहन्छ । उसले आफ्नो  मालिक र अन्य सदस्यलाई चिन्न सक्दैन, भनेको पनि मान्दैन । उसको मुखबाट धेरै मात्रामा ¥याल खस्छ । घाँटीको तल्लो भाग सुन्निनाले भुक्न सक्दैन एव खानपिउन गाह्रो हुन्छ ।

आवश्यक जानकारी राख्नुपर्ने कुरा 

कुकुर जथाभावी टेक्ने खालको वा भुस्याहा कस्तो थियो र त्यसको स्वस्थ थियो भन्ने पत्ता लगाउनु पर्छ । त्यो कुकुर रोगी, बिरामी वा बिमारीका लक्षण भएको थियो कि थिएन ? टोक्ने कुकुरलाई रेबिजको खोप लगाएको थियो कि थिएन ? खोप लगाएको भए कहिले लगाएको थियो ? यस्ता कुराको खोजी  गर्नुपर्छ । टोकेको घाउको अवस्था, स्थान र टेक्ने कुकुर वा जनावरलाई २१ दिनसम्म निगरानीमा राख्नुपर्छ अनि रोकथामका लागि खोप लगाउन सुरु गर्नुपर्र्छ ।

रेबिजबारेमा ध्यान दिनुपर्ने कुरा

रेबिज एउटा विषाणुद्वारा फैलिने रोग हो । यसको रोकथाम खोप लगाएर हुन्छ । मनिसमा रेबिजबाट हुने मृत्युको कारणहरूमा कुकुरको टोकाइ प्रमुख मानिन्छ । रेबिज रोगको रोकथाम गर्न निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

घरमा पालेको कुकुरलाई एन्टी रेबिज खोप नियमित दिनुपर्छ । कुकुरको टोकाइबाट बच्नुपर्छ । एसिया र अफ्रिकामा प्रत्येक वर्ष रेबिजबाट हजारौँ मानिसको मृत्यु हुन्छ । त्यसैले यो रोगलाई नेग्लिकेटेड ट्रपिकल जुनोसिस भनिएको हो । रेबिजबाट मृत्यु हुनेहरूमा ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन् । कुकुरले टोक्नेवित्तिकै घाउलाई सफा पानी तथा साबुनले राम्रोसित धोयो भने यसले ५० प्रतिशतसम्म रोकथाम गर्छ । रेबिज लाग्नबाट जोगिन र रोकथाम गर्न सकिन्छ तर भइसकेपछि उपचार सम्भव छैन । त्यसैले भनिन्छ रेबिजबाट बच्न सकिन्छ, तर बचाउन सकिन्न । एन्टी रेबिज खोप उमेर र समय तालिकाअनुसार लगाइएको छैन भने घरपालुवा कुकुरलाई रेबिज लाग्न सक्छ ।

पालेको कुकुरमा रेबिज रोगको व्यवस्थापन 

    पाल्तु कुकुरलाई धेरै समय बाहिर एक्लै घुम्न छाडा छोड्नु हुँदैन । बहिरको खाना खान दिनु हुँदैन । बचेको खानेकुरा हटाइदिनुपर्छ । त्यसो गर्दा जङ्गली जनावर तथा भुस्याहा कुकुर झुम्मिन पाउँदैनन् । कुनै जङ्गली जनावर एव भुस्याहा कुकुर टोलमा डुल्दै गरेको देखिएमा सम्बन्धित निकायलाई खबर गर्नुपर्छ । घरको मूल ढोका बनाउँदा पाल्तु कुकुर बाहिर जान नपाउने खालको बनाउनुपर्छ । ससाना केटाकेटीलाई भुस्याहा कुकुर छुनु हुँदैन भन्ने शिक्षा दिइनुपर्छ । पालेको कुकुरलाई रोबिज रोगबाट बचाउन नियमित रूपमा पहिलो खोप ३ महिनाको उमेरमा र प्रत्येक वर्ष एक एक खोप लगाउनुपर्छ ।

सावधानी अपनाउनाले रेबिजबाट बच्न सकिन्छ । प्राथमिक उपचारबाट रोगीलाई राहत दिन मात्र हैन बचाउन पनि सकिन्छ । यसो गरिएमा अगाडि गरिने उपचारमा सहयोग पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप