शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिना अघि नै छोरा जन्माइसकेको दिया मिर्जाको खुलासा

बुधबार, ३० असार २०७८, १२ : ४७
बुधबार, ३० असार २०७८

बलिउड नायिका दिया मिर्जा आमा बनेकी छिन् । उनले छोरा जन्मिएको जानकारी सोसल मिडियामा सेयर गरेकी छिन् । दियाले १४ मे अर्थात् दुई महिना अघि नै आफ्नो पहिलो सन्तानलाई जन्म दिएको खुलासा गरेकी छिन् । दियाले छोराको नाम अव्यान आजाद रेखी राखेकी छिन् ।

समय अगावै जन्मिएको हो बच्चाः

दियाले सोसल मिडियामा छोराको जन्मसँग जोडिएका एउटा पोस्ट सेयर गरेकी छिन् । उनका अनुसार दुई महिना अघि नै जन्मिसकेको उनको बच्चा त्यतिबेला देखि नै अस्पतालको नियोन्याटल आइसीयूमा भर्ना छन् । उनले गर्भावस्थामा केही समस्या देखिएका कारण र गम्भीर ब्याक्टेरियल संक्रमणका कारण बच्चालाई खतरा भएका कारण आपतकालीन शल्यक्रिया गराएका बच्चा जन्माएको जानकारी दिइन् । दियाले छोरा अव्यानलाई घरमा ल्याउन आतुर भएको बताउँदै दिदी समायरा र हजुरबुवा–आमा नातीलाई बोक्न निकै उत्साहित भएको बताएकी छिन् ।

वैभव रेखीसँग गरेकी छिन् विवाहः

दियाले यसै वर्ष १५ फेब्रुअरीमा वैभव रेखीसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाहमा निकै कम मानिसहरुको उपस्थिति थियो । दिया र वैभव दुबैको यो दोस्रो विवाह हो । यसअघि दियाले सन् २०१४ मा आफ्ना बिजनेस पार्टनर साहिल संघासँग विवाह गरेकी थिइन् । विवाहको पाँच वर्षपछि उनीहरु छुट्टिएका थिए । यस्तै, वैभवको पहिलो विवाह योग र लाइफस्टाइल कोच सुनैनासँग भएको थियो र यी दुईका एक छोरी पछि छिन् जसको नाम समायरा हो ।

विवाहको डेढ महिनापछि हनिमुनमा मालदिभ्समा जाँदा दियाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । उनले आफ्नो बेबी बम्पसहितको फोटो पनि सेयर गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप