शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा डुबेर एक बालिकाको मृत्यु

बुधबार, ३० असार २०७८, १५ : १२
बुधबार, ३० असार २०७८

सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो । हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेरसम्म् घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी पुर्याइएपनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप