शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन हुँदैन

बुधबार, ३० असार २०७८, १५ : २७
बुधबार, ३० असार २०७८

कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यद्यपि कोरोनाविरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल नै कायम छ । हाल सरकारले भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिने कार्यक्रम सञ्चालन भइरहेको छ । 

 खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, छन् । त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउने छन् ।

अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको जोनसोन एण्ड जोनसोनको खोप छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई निर्णय गरेको छ । एक डोज मात्रै लगाए हुने जोनसोनको खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका पाउने छन् ।

 यद्यपि सबै नागरिकले खोप लगाउँन पाउदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, कोरोना खोप दिनका लागि तोकेको उमेर  समूहका नागरिकले यस्तो अवस्थामा खोप लगाउँन हुँदैन ।  

— १८ वर्षभन्दा कम उमेरका व्यक्ति

— खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति

 — यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति

— पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति
— हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल

 — कोभिड – १९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ

 —कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ ।

यी बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुअघि आफ्नो रोग, आफूले सेवन गरिरहेका औषधिको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप