शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिडियाखानाबाट हराएको १२ फुटको अजिङ्गर दुई दिनपछि सपिङ सेन्टरमा भेटियो

बुधबार, ३० असार २०७८, १५ : ५८
बुधबार, ३० असार २०७८

चिडियाखानास्थित आफ्नो अक्वेरियमबाट हराएको दुई दिनपछि १२ फुटको अजिङ्गरलाई सपिङ सेन्टरमा भेटिएको छ । 

डेली स्टारका अनुसार कारा नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको थियो ।

अजिङ्गर चिडियाखानाबाट हराएपछि नजिकै रहेको सपिङ सेन्टर बाध्यात्मक रुपमा बन्द गरिएको थियो । दुई दिनसम्म खोजेपछि उक्त अजिङ्गरलाई गत बिहिबार बिहान सपिङ सेन्टरमा भेटिएको हो ।

चिडियाखानाले कारालाई उद्धार गरिरहेको भिडियो पोस्ट गर्दै यसबारे फेसबुकमार्फत् जानकारी दिएको हो । उक्त पोस्टमा अजिङ्गर सुरक्षित र स्वस्थ अवस्थामा भेटिएको बताइएको छ ।

‘यो बर्मिज पाइथन निकै सहज सर्प हो । यी सर्प ठूला प्रजातिका सर्पमा पर्छन् र उनीहरुको निकै कोमल मन हुन्छ,’ चिडियाखानाकी कर्मचारी भिक्टोरियाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप