मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले बिस्फोट भनिरहेको छ त पाकिस्तानले दुर्घटना, आफ्ना ९ नागरिक मारिएपछि हैरान चीन

बिहीबार, ३१ असार २०७८, १० : ४३
बिहीबार, ३१ असार २०७८

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा एक ‘बस दुर्घटना’ मा कम्तीमा १३ जनाको मृत्यु भएको छ जसमध्ये ९ चिनियाँ नागरिक छन् । उनीहरु डासू बाँध परियोजनामाथि काम गरिरहेका थिए ।

चीनले यो दुर्घटनालाई बम बिस्फोट बताएका छन् जबकी पाकिस्तानले यसलाई ग्यास लिकेजका कारण भएको बिस्फोट बताएको छ ।

यो बिस्फोट अपर कोहिस्तान जिल्लामा भएको हो । डासूका असिस्टेन्ट कमिश्नर आसिम अब्बासले बीबीसीसँगको कुराकानीमा दुर्घटनामा मारिएकामध्ये ९ जना चिनियाँ इन्जिनियर भएको र पाकिस्तानको फ्रन्टियर कोरका दुई जवान र दुई सर्वसाधारण मारिएको जानकारी दिए ।

उक्त दुर्घटनामा २७ जना घाइते पनि भएका छन् । यीमध्ये धेरैजसो चिनियाँ नागरिक छन् । आसिम अब्बासका अनुसार ९ घाइतेको स्थिति गम्भीर छ ।

मिडियामा प्रकाशित रिपोर्टका अनुसार बिस्फोटपछि बस गहिरो खाल्डोमा खसेको थियो । पाकिस्तानमा चीनको दूतावासले एक बयानमा बम बिस्फोटमा ९ चिनियाँ नागरिक मारिएको पुष्टि गरेको छ ।

दूतावासको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दूतावासले तुरुन्त आपतकालीन योजना सुरु गरेको छ । पाकिस्तानकी सेना, विदेश मन्त्रालय र गृह मन्त्रालयसँग सम्पर्क गरियो र उद्धारकार्य सुरु गर्न र उपचार प्रदान गराउन आग्रह गरियो । चीनका नागरिक र संस्थानको सुरक्षा बलियो गराउन पनि भनियो ।’

पाकिस्तानको सेनाले घटनास्थलमा हेलिकोप्टर पठाएर घाइतेलाई अस्पताल पुर्याइएको छ ।

यस्तै, चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले खैबर पख्तूनख्वामा भएको यो ‘बम बिस्फोट’ को आलोचना गरेको छ ।

उनले समाचार एजेन्सी रोयटर्सएको एउटा प्रश्नको जवाफमा भने, ‘चीन पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा भएको बम बिस्फोटले विक्षिप्त भएको छ र यसको निन्दा गर्दछ । पाकिस्तानी सैन्य बmले स्थिति नियन्त्रण गर्नका लागि कदम उठाएका छन् ।’

उनले भने, ‘चीनले पाकिस्तानलाई यसको गम्भीरताका साथ अनुसन्धान गर्न भनेको छ । यसमा संलग्न मानिसहरुलाई पक्राउ गर्न र उनीहरुलाई चाँडोभन्दा चाँडो कठोर सजाय दिन र पाकिस्तानमा चीनका नागरिक, संस्थान र परियोजनाको रक्षा गर्न पनि आग्रह गरेको छ ।’

बाहिर ननिस्कन सल्लाहः

इस्लामाबादस्थित चिनियाँ दूतावासले भनेको छ, ‘हामी पाकिस्तानमा चिनियाँ नागरिकलाई सतर्क रहन आह्वान गरेको छ । स्थानीय सुरक्षा बलको सम्पर्कमा रहन र आफ्नो सुरक्षाको विषयमा कुनै पनि असावधानी नअपनाउन आग्रह गर्छौं । आवश्यक छैन भने बाहिर ननिस्कनुहोस् ।’

कोहिस्तानका अधिकारीका अनुसार बुधबार बिहान कराकरम हाइवेमा डासू बाँध साइट नजिकै बस दुर्घटना भएको छ ।

कोहिस्तानका डेप्युटी कमिश्नर आरिफ खान यूसुफजईले बीबीसीसँगको कुराकानीमा सुरुवाती अनुसन्धानमा बस दुर्घटनाको शिकार भएको पत्ता लागेको छ र यसमा कुनै बम बिस्फोट वा आतंकवादी हमला नभएको पनि उनले स्पष्ट पारे । उनले विस्तृत अनुसन्धानपछि मात्रै घटनाबारे पूरा जानकारी दिन सकिने बताए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप