प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच बिहीबार भेटवार्ता भएको छ । विप्लव भेटवार्ताका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए ।
जहाँ तीन नेताबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपाल र प्रचण्डसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ ।
यसअघि बुधबार विप्लवले अध्यक्ष प्रचण्डसँग खुमलटारमा पनि भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्ति प्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइलगायतका माग पूरा नभएको सन्दर्भमा विप्लवले सक्रियता बढाएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इपीजी प्रतिवेदन नेपालले नबुझ्ने भनेको छैन : प्रधानमन्त्री
-
‘आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ’
-
यसरी मनाइयो मुख स्वास्थ्य दिवस
-
गौतम बुद्ध विमानस्थल दिगो सञ्चालनका कार्ययोजना बनिरहेको छ : प्रधानमन्त्री
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा
-
संसद् बैठकमा प्रश्नोत्तर चलिरहेका बेला प्रधानमन्त्रीलाई असहज महसुस भएपछि.....(तस्बिरहरु)