बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक कारबाहीमा पर्नुभयो ? एसएमएसबाटै कागजपत्रबारे जानकारी लिनुहोस्

बिहीबार, ३१ असार २०७८, १५ : ३९
बिहीबार, ३१ असार २०७८

के तपाई, ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? कागजपत्रको बारेमा जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने आजदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाटै जानकारी दिने सेवाको प्रयोग गर्न सकिने भएको छ । 

बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरूको बारेमा जानकारी लिनको लागी जानकी टेक्नोलोजीले तयार पारेको Document Tracking System (DTS) मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा आजदेखि शुरु गरेको हो ।

ट्राफिक महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम  सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रबिधीको प्रयोग मार्फत अबदेखि ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने? कसरी लिने? भन्ने द्वुबिधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

 उनले यी सवै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाइप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाएको समेत जानकारी दिए ।
डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरुन्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखि भने एसएमएस सिस्टमले सहज हुने हाम्रो बिश्वास रहेको जानकारी दिए ।
उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले  ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाई पर्ने गरेको असुबिधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने बिश्वास महाशाखाले लिएको छ ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रबिधीको बिस्तार गरि सेवाग्राहीलाई दिने सुबिधा क्रमश बढाउदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने बिश्वास गरेको जानकारी दिए ।
    
यसैबीच वर्ल्डलिंक कम्युनिकेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्रि-वाईफाई जडान गरेको छ । फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाईन भुक्तानी, अनलाईन सचेतना कक्षा, अनलाइनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाईदा पुगेको एसएसपी भट्टराईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप