बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

बिहीबार, ३१ असार २०७८, १६ : ०३
बिहीबार, ३१ असार २०७८

अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ ।  शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट  सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सुचारु गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप