बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट सुरक्षित बन्न खोप लगाउनेको लाइन, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ३१ असार २०७८, १६ : ५२
बिहीबार, ३१ असार २०७८

सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेसँगै खोप केन्द्रहरुमा सर्वसाधारणको भिडभाड देखिन थालेको छ ।  स्वास्थ्य सेवा विभागले असार २९ देखि काठमाडौंसहित सबै जिल्लामा खोप अभियान सुरु गरेको हो । 

जसअनुसार अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइएको छ । 

त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल खोप लगाउन थालिएको छ । 
राजधानीका खोप केन्द्रहरुमा सर्वसाधारणको उल्लेख्य भिडभाड देख्न सकिन्छ । रातोपाटीकर्मी सुवास श्रेष्ठले सीतापाइला, जनमैत्रीलगायतका स्थानमा खिचेको केही तस्बिर हेर्नुहोस्ः 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप