बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिप्सीको सहकार्यमा निःशुल्क ‘हस्पिट्यालिटी ट्रेनिङ’ सुरु

बिहीबार, ३१ असार २०७८, १७ : १०
बिहीबार, ३१ असार २०७८

नेपालको पर्यटन क्षेत्रको विकास एवम् सुधारका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा ‘हस्पिट्यालिटी ट्रेनिङ्ग’ सुरु भएको छ । पाटाको सहकार्यमा सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आवद्ध असिमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी  निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन ट्रेनिङ्ग सञ्चालन गरिएको हो । 

उक्त अनलाइन लर्निङ्ग प्लेटफर्म प्रिमियम पहुँचको साथ प्रदान गर्ने गरी अभियानको सुरुवात गरिएको पाटाले जनाएको छ । पाटा नेपालका सीईओ–सुरेश सिंह बुडाल र टिप्सीका एसियाप्यासिफिक क्षेत्रीय निर्देशक–टोनी बोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्धेश्यले जुलाई १२, २०२१ मा हस्पिट्यालिटी ट्रेनिङ्ग ‘द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।  

टिप्सी एक  विश्वका सर्वश्रेष्ठ पर्यटन एवं  हस्पिट्यालिटी  प्रोफेशनलहरु र  विश्व–विख्यात प्रशिक्षकहरूद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र  हस्पिट्यालिटी उद्योगको लागि अनलाइन शिक्षा प्रदान गर्ने  एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाक कला, होटल, र सेवासँग सम्बन्धित एकहजार भन्दा बढी अनलाइन पाठहरूमा असीमित पहुँच प्रदान गरिरहेको छ । 

नेटफ्लिक्स शैलीमा निर्माण गरिएको टिप्सी लाइब्रेरीले पर्यटन एवं हस्पिट्यालिटी क्षेत्रमा आबद्ध तथा इच्छुक प्रोफेशनलहरुलाई सीप विकास गर्न, दक्षता निर्माण गर्न, आत्मविश्वास बढाउन र  आफ्नो प्रोफेशनल अभिरुची खोज एवं अभिवृद्धि गर्न प्रोत्साहित गर्नेगरी डिजाइन गरिएको छ ।

यस्तै, टिप्सीमार्फत शिक्षार्थीहरूले उनीहरूको पाठ र पाठ्यक्रमहरूमा तत्काल पहुँच प्राप्त गर्न सक्दछन् जसमा डाउनलोड गर्न मिल्ने सामाग्रीहरु, हिज्जे, र विश्वव्यापी रूपमा ‘द इन्स्टिच्यूट अफ हस्पिट्यालिटी’ द्वारा अनुमोदित एवम् स्वीकृत सर्टिफिकेटहरू प्राप्त गर्दछन् ।  

पाटा नेपाल च्याप्टरका कोषाध्यक्ष एवम् मानव पूँजी विकास समितिका संयोजक खेम लकाईले नेपालको पर्यटनमा मानव संसाधन विकास तथा पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउने उद्धेश्यले टिप्सीसँगको सहकार्य पहल गरिएको जानकारी दिए ।

उनले आत्मनिर्देशित शिक्षण विधिमार्फत माइक्रोलर्निङ्गले नयाँ पुस्तालाई सशक्तीकरण गरिरहेको परिवेशमा अहिलेको समय पर्यटन पुनः सुचारु गर्न आवश्यक ज्ञान, सीप, क्षमता, तत्परता एवम् तयारीलाई सुदृढ पार्न केन्द्रीत हुने बेला भएको बताउँदै टिप्सीसँगको यस सहकार्यले नेपालमा द्रुत, सशक्त र जिम्मेवार रुपमा पर्यटन पुनरुत्थानको अभियानलाई सहयोग पुर्याउने  विश्वास व्यक्त गरे ।

नेपालमा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसाय, कलेज र संस्थाहरुले यो सुविधा प्राप्त गर्नका लागि सेप्टेम्बर २०२१ सम्म दर्ता गर्नुपर्नेछ र दर्ता मितिको एक हप्ताभित्र आवश्यक अकाउन्ट लगईन विवरणहरूको साथ टिप्सीको एक प्रतिनिधिले इमेलमार्फत आवेदकको सम्पर्कमा रहनेछ । उक्त  निःशुल्क टिप्सी प्रिमियम सदस्यताको अवधि सम्बन्धित व्यवसाय वा शैक्षिक संस्थाको टिप्सी प्रिमियम सदस्यता दर्ता मिति देखि तीन महिनाको लागि हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप