शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट खैरो हेरोइनसहित २ जना पक्राउ

बिहीबार, ३१ असार २०७८, १७ : १५
बिहीबार, ३१ असार २०७८

काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट २८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले उनीहरुबारे अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप