बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

बिहीबार, ३१ असार २०७८, १७ : २३
बिहीबार, ३१ असार २०७८

निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ०.८२ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ले उक्त प्रस्ताव पारित गरेको हो । 

भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभामा सेयरधनीहरूले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञासा, सुझाव तथा मन्तव्य राखेका थिए भने सभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षक नियुक्ति गर्नुका साथै बोनस सेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप