शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटहरीबाट खैरो हेरोइनसहित युवक पक्राउ

बिहीबार, ३१ असार २०७८, १८ : ४६
बिहीबार, ३१ असार २०७८

सुनसरीको इटहरीबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय दुर्गा रसाइली छन् । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले रसाइलीको साथबाट ५४ दशमलव ५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

इटहरी उपमहानगरपालिका–४ घर भएका दुर्गालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप