शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा दुईवटा विधेयक प्रमाणीकरण

बिहीबार, ३१ असार २०७८, २० : ०४
बिहीबार, ३१ असार २०७८

प्रदेश २ मा दुईवटा विद्येयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डा.राजेश झा अहिराजले प्रदेशसभाबाट पारित भएर आएका दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र विनियोजन विधेयक २०७८ लाई प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप