बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखराबाट ठूलो परिणाममा लागूऔषधसहित एक व्यक्ति पक्राउ

बिहीबार, ३१ असार २०७८, २० : १३
बिहीबार, ३१ असार २०७८

पोखराबाट ठुलो परिणामको लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा –१ बगरबाट ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बगर बस्ने वर्ष ४९ को अर्जुनकुमार गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । पोखरा महानगरपालिका ९ बस्ने अर्जुनकुमार गुरुङलाई हिजो बेलुका साँझ ७ बजे बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले फेलापारी घर तलासी लिँदा सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिणामको लागूऔषधसहित गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा ६७० एम्पुल डाइजिपाम, फेनेरागन ६७० एम्पुल, ६७४ एम्पुल नुर्फिन (जम्मा २ हजार १६ एम्पुल) मोबाइल १ थान र नगद पाँच लाख २९ हजार दुई सयसहित गुरुङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले बताए । पक्राउ परेका उनलाई लागू औषधसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप