शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वमा कोरोना अझै घातक भएर फैलिन्छ : विश्व स्वास्थ्य सङ्गठन

शुक्रबार, ०१ साउन २०७८, १२ : ००
शुक्रबार, ०१ साउन २०७८

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोनाभाइरस (कोभिड—१९) को सङ्क्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् ।  डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती थपिएको उनले बताए । 

कोभिड–१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको भन्दै इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

 डेल्टा भेरियन्ट १११ भन्दा बढी राष्ट्रमा पुगिसकेकाले विश्वका लागि चुनौती थपिएको महानिर्देशक डा. घेब्रेयससले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप