शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डसँग चिनियाँ राजदूतको भेट

शुक्रबार, ०१ साउन २०७८, १७ : ५४
शुक्रबार, ०१ साउन २०७८

चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबारै चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी छन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप