शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दमकमा जुवाखालबाट दुई लाख नगदसहित ११ जना पक्राउ

शुक्रबार, ०१ साउन २०७८, २२ : २६
शुक्रबार, ०१ साउन २०७८

इलाका प्रहरी कार्यालय दमकले जुवा खेलिरहेको अवस्थामा २ लाख ८ हजार ९५ रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार साँझ ६ बजे दमक नगरपालिका ७, हाटखोलास्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

राईको घरमा पैसाको वाजी थापी जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी नायव उपरीक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । थापाका अनुसार जुवाखालबाट १६ थान कौडासहित प्रहरीले घरधनी ४० वर्षीय राईसहित गौरादह नगरपालिका ३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, वडा नं ८ बस्ने ३८ वर्षीय ईन्दुकुमार राजवंशी, वडा नं २ बस्ने ३२ वर्षीय निर्मल थापा, वडा नं.३ बस्ने ३४ वर्षीय अंकित कार्की, दमक नगरपालिका वडा नं.२ बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, दमक नगरपालिका ७ बस्ने ४० वर्षीय राजन दाहाल, सोही स्थान बस्ने बस्ने ४४ वर्षीय गंगा पाठक, दमक ६ बस्ने ३३ वर्षीय विजय सिंह, इटहरी उपमहानगरपालिका वडा नं.१९, सुनसरी बस्ने २६ वर्षीय मिलन राई र सोही उपमहानगरपालिका ४ बस्ने ३५ वर्षीय विक्रम गुरुङलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुलाई इलाका  प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप