रौतहटमा भारतीय नम्बरको २९ मोटरसाइकल र एउटा कार नियन्त्रणमा

person explore access_timeसाउन ३, २०७८ chat_bubble_outline0

भन्सार छलेर निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू रौतहट ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । चन्द्रपुर आसपास बाट २९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताएका छन् । 

निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रण लिएर पहिलो पटक कडा चेतावनी सहित जरिवाना असुल गरेर शनिवार साँझ छोडिएको इन्स्पेक्टर जानकारी दिएका छन् ।  पछिल्लो दुई दिनभित्र उक्त मोटरसाइकल र कार ट्राफिकले नियन्त्रणमा लिएको थियो ।  माझीका अनुसार सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरू नचलाउन स्थानीय रेडियोहरूबाट सूचना प्रशारण गरेर, माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दिएको थियौँ। साउन  १ गतेदेखि चेकिङ गरेर नियन्त्रणमा लिन सुरु गरेको हो।

नियमविपरीत चलेका भारतीय नम्बर प्लेटका सवारी साधनहरूलाई जिल्लाभर अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेर नियन्त्रणमा लिइने  माझीले जानकारी दिएका छन् । नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधनहरू वर्षमा बढीमा ३० दिन चलाउन पाइन्छ । तर रौतहटमा भने निर्बाध रूपमा त्यस्ता सवारीसाधनहरू चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरूबाट दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरू र सवारी धनीहरूलाई पक्राउ गर्ने कुनै आधार नभएको प्रहरीको भनाइ रहेको छ । उता जसपाका नेता रेवन्त झाले प्रदेश २ का जनता र भारतीय बीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नम्बरको गाडी सदियौँदेखि प्रयोग हुँदै आएकाले सरकारले वैकल्पिक बाटो निकाल्नु पर्ने सुझाव दिएका छन् ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।