कुम्भकर्णजस्ता बेहुला : बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन्
भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।
वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।
यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोनाकालमा बिहेमा सहभागी हुनका लागि मानिसहरुलाई निश्चित कोटा तोकिएको छ । मापदण्डभन्दा धेरै संख्यामा पाहुनाहरू बोलाउन पाइदैन । त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियोहरू पनि भाइरल हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै