बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

आइतबार, ०३ साउन २०७८, १७ : २४
आइतबार, ०३ साउन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप