विश्वासको मत माग्दै देउवाले भने : राजनीतिक दल एक अर्काका शत्रु होइनौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उनले भने,‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । कोभिड १९ को प्रकोपबाट जोगाउनु यो पहिलो प्राथमिकता प्राथमिकता हा । नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् । कोभिड १९ लोकतन्त्रको चुनौती रहेको उनले बताए । ‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन्,’ उनले भने,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एक अर्काका शत्रु होइनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ