देउवाले भने– राम्रा कामका लागि ओलीलाई धन्यवाद
आइतबार, ०३ साउन २०७८, १८ : ३२

प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् ।
कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे ।
प्रधानमन्त्री देउवाको प्रस्तावपछि संसदमा दलका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भएको छ । यसक्रममा नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले इतिहास प्रहसनका रुपमा दोहोरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबी खोलामा कार खस्यो, तस्बिरहरु
-
बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
-
२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय