वाम प्रजातान्त्रिक शक्तिहरु मिलेर अघि बढौं : प्याकुरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले संविधानको रक्षार्थ वाम प्रजातान्त्रिक शक्तिहरूलाई मिलेर अघि बढन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभाको नवौं अधिवेशनको बैठकमा बोल्दै उनले गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको मूल मर्ममाथिको प्रहार गरेको दावी गर्दै त्यसको रक्षार्थ बाम प्रजातान्त्रिक शक्तिहरूबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
सांसद प्याकुरेलले भने, ‘सबैभन्दा ठूलो जनआधारित तथा जन समर्थित पार्टीको नाताले संसददेखि जनतासम्म सर्वोच्च अदालतको फैसलाले निम्त्याउने भयावह अवस्थाप्रति सचेत गराउँदै हामी अघि बढनेछौं । बाम प्रजातान्त्रिक शक्तिहरु बीचको न्यूनतम समझदारी खलबलिन नदिई संविधानको रक्षार्थ अघि बढन हार्दिक अपिल गर्दछु ।’
सांसद प्याकुरेलले आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारे । ‘हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौं ।’ उनले भने, ‘वर्तमान सरकारले जनताको पक्षमा गर्ने असल र राम्रो कामहरुको समर्थन गर्नेछौं भने जनविरोधी कामहरुको भण्डाफोर गर्ने, मात्रै होइन् त्यस्ता काम हुनै नदिने प्रयास गर्नेछौं’ सांसद प्याकुरेलले विधिको शासन मान्ने दल भएकाले मात्रै आफ्नो पार्टीले सर्वोच्च अदालतको सो फैसलालाई मानेर अघि बढेको पनि बताए । जनादेशबाट बनेको सरकारलाई अदालतको परमादेशले हटाएको भन्दै आक्रोश समेत व्यक्त गरे । सर्वोच्च अदालतले परमादेशबाट प्रधानमन्त्री चयन गर्ने संसदको विशेषाधिकार अपहरण गरेको सांसद प्याकुरेलको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित
-
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: देउवा
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु