महन्थ ठाकुरले देउवालाई बधाई दिँदै भने– हामी विश्वासको मत दिन्छौं
आइतबार, ०३ साउन २०७८, १९ : ४८

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देउवा सरकारलाई विश्वासको मत दिने जनाएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री देउवालाई हार्दिक बधाइ दिन चाहन्छु र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नु भएको छ, त्यसको समर्थनमा मत दिन्छौं ।’
उनले अहिले देशमा देखिएको संकट संविधानकै कारण आएको दावीसमेत गरे । संविधानको कुनै पनि धारा कार्यान्वयनमा जाँदा त्यहाँ व्यवधान र अवरोध देखिने गरेको भन्दै उनले संविधान संशोधन हुनुपर्ने आफ्नो माग कायम रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा युवतीमाथि गोली प्रहार
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?