केन्द्रीय संस्करण

प्रेरक प्रसङ्ग : व्यावहारिक ज्ञानको विशेषता

person explore access_timeसाउन ४, २०७८ chat_bubble_outline0

हामीमध्ये धेरैमा अहिले पनि पढ्नु भनेको रट्नु हो भन्ने मान्यता पाइन्छ । खासगरी परम्परागत पढाइमा यस्तो बुझाइ बढी छ । यस्तो पढाइले किताबको कीरो त बनाउँछ तर परेको बेला काम लिन भने सकिन्न । 

धेरै पहिलेको कुरा हो । एकजना सज्जनले सुगा पालेका थिए । उनी हरेक दिन सुगालाई तिमी स्वतन्त्र छौ,पिँजडा खोलेर उड्न सक्छौ भन्ने गर्थे । बिस्तारै सुगाले पनि त्यसै भन्न थाल्यो । एकदिन सज्जन भूलवश पिँजडा खुलै राखेर कतै गएका रहेछन् । उनी आउँदा सुगा बाहिर आएर त्यसै भनिरहेको रहेछ । उनलाई देख्नासाथ ऊ पिँजडाभित्र छि¥यो र सोही वाक्य दो¥याउन थाल्यो । धेरै पहिलेदेखि सुनिँदै आएको यस कथामा के कति सत्यता छ थाहा छैन तर रटेर पढेको अवस्था भने जहाँ पनि जहिले पनि यस्तै हुन्छ ।

पढाइको अर्थ ज्ञान गर्नु हो । ज्ञान गर्नु भनेको रट्नु मात्र होइन । ज्ञान हुने वा गर्ने तरिका अनेक छन्,हुन्छन् । हेरेर पनि हुन्छ,देखेर पनि हुन्छ,सुनेर पनि हुन्छ,सुँघेर पनि हुन्छ,भोगेर पनि हुन्छ,खाएर पनि हुन्छ,छोएर पनि हुन्छ,सुतेर पनि हुन्छ,उठेर पनि हुन्छ,हिँडेर पनि हुन्छ,बसेर पनि हुन्छ,खेलेर पनि हुन्छ,कुदेर पनि हुन्छ ।

वास्तविक ज्ञान त्यही हो,जो व्यावहारिक हुन्छ । उहिले जतिबेला किताबी ज्ञानको परम्परा चलेको थिएन त्यतिबेला पशुपक्षीको माध्यमबाट ज्ञान आदानप्रदान हुन्थे,गरिन्थ्यो । यसमा परेवा पनि प्रयोग भएका छन्,काग पनि प्रयोग भएका छन्,बाज पनि प्रयोग भएका छन् । उनीहरूले किताबी ज्ञान पाएका होइनन्,थिएनन् । व्यवहारबाटै सिक्थे,बुझ्थे र काम तमाम गरिदिन्थे ।

कुकुरको प्रयोग त हिजो आज पनि हुँदै आएको छ । जतिबेला किताबी ज्ञानप्राप्त मानिस काम गर्न असक्षम हुन्छन् त्यतिबेला व्यावहारिक ज्ञानप्राप्त कुकुरहरू प्रयोगमा आउँछन् । अर्थात् किताबी ज्ञानप्राप्त मानिसले गर्न नसकेको काम व्यावहारिक ज्ञानप्राप्त कुकुरले गरिदिन्छन् । यसबाट के बुझिन्छ भने ज्ञान  किताबीभन्दा व्यावहारिक उत्तम हुन्छ ।

व्यावहारिक काममा पशुपक्षी प्रयोग भएको उदाहरण प्रशस्तै छन् । खेलमा हात्तीको प्रयोग हुने गरेको छ । सरकसमा बाघ,भालुको प्रयोग हुने गरेको पाइन्छ,जसलाई व्यावहारिक ज्ञानको तालीम दिइएको हुन्छ । यसको पनि अर्थ यही हो कि व्यावहारिक ज्ञानबाट बाघ,भालु जस्ता हिंस्रक जनाबरलाई पनि प्रयोगमा ल्याउन सकिँदो रहेछ । 

रामायणमा कथा आएको छ । रामले रावणसँगको युद्धमा भालु र बाँदरको सहयोग लिएका थिए । हनुमान,जाम्बवान,अङ्गद,नल र नील लगायत हजारौँ वानर फौजले सघाएका थिए । उनीहरूले नसघाएका भए रामले रावणमाथि विजय पाउनै सक्ने थिएनन् । अरूको कुरा छाडौँ एउटै हनुमान नभएका भए रामले सीता कहाँ छिन् भन्नेसम्म पत्तो पाउने थिएनन् । हनुमानले नै सीता रावणले समुद्र पारको मुलुक लङ्का पु¥याएको कुरो पत्ता लगाएका हुन् ।

उनीहरू न स्कुल गएका थिए न क्याम्पस,न कुनै किताब पढेकै थिए । जो ज्ञान पाएका थिए व्यावहारबाटै पाएका थिए । उनीहरूले पाएका ज्ञान व्यावहारिक थियो,जसले किताबी ज्ञान पाउने राम र लक्ष्मणले गर्न नसक्ने काम गरेर देखाइदिएका थिए ।

महाभारतमा एउटा प्रसङ्ग आएको छ । कौरव र पाण्डवहरूलार्ई शिक्षा दिन गुरु द्रोणाचार्य नियुक्त भएका थिए । उनले राजकुमारहरूलाई पहिलो दिनको पाठमा ‘सत्यं वद र धर्मं चर’ भन्ने सिकाए र भोलि कण्टस्थ पारेर आउनु भन्ने आदेश दिए । भोलिपल्ट सबै विद्यार्थी आएर पाठ कण्ठै सुनाए तर जेठा राजकुमार युधिष्ठिर आएनन् ।

गुरुले सायद बिसञ्चो भएछ क्यारे भनेर एक दुई दिन बाटो हेरे । तैपनि नआएपछि उनी आपैmँले बोलाएर सोधे–

वत्स ! हिजो अस्ति कक्षामा आएनौ नि किन ?कि पाठ कण्ठ पार्न सकेनौ ?

गुरुको कुरा सुनेपछि उनले थरथर काम्दै भने–

गुरुदेव ! पाठ त भोलिपल्टै कण्ठस्थ गरिसकेको थिएँ तर त्यसलाई व्यावहारिक बनाउन सक्छु कि सक्दिन भनेर प्रयोग गर्न थालेँ त्यसैले विलम्ब भयो ।’

गुरुले कुरो बुझिहाले स्यावास्,आइन्दा यसै गर्नु भन्ने आदेश दिएर थप पढाइ अघि बढाए । भनाइको अर्थ उनका सहपाटी भाइहरू पाठलाई कण्ठस्थ पार्ने मात्र गर्थे उनी भने त्यसलाई व्यावहारिक पनि बनाउने प्रयास गर्थे,जसले गर्दा उनलाई त्यस्तो ज्ञानले त्यतिसम्म साथ दियो जतिबेला उनी कठिन सङ्कट झेलिरहेका थिए । 

महाभारतको युद्धपछि पाण्डवहरू उत्तरापन्थतिर (स्वर्ग जाने बाटो) लागेका थिए । यतिबेला उनीहरूले जीवनमा कहिल्यै नभोगेको सङ्कटको सामना गर्नुपरेको थियो । किनै दिनसम्म कठिन बाटोमा भोकै हिँड्नुपरेकाले द्रौपदी लगायत उनका भाइहरू एकएक गरी लड्दै मर्दै गर्न थाले तर उनलाई भने लिने भनेर विमान आफैँ आएर खडा भयो । अरू सबै मरे उनी भने सशरीर स्वर्ग पुगे ।

यो एउटा दृष्टान्त हो । यसको अर्थ अरू मरे उनी मरेनन् भन्ने होइन । मर्न त उनी पनि मरे होलान् । जन्मेपछि मर्नै पर्ने प्रकृतिको नियमलाई कसैले पनि टार्न सक्दैन तर उनलाई विपदको बेला व्यवहारिक ज्ञानले काम दिएको भने पक्कै हो । 

यहाँ बाटो सबैको एउटै थियो तर अन्य भाइले किताबी ज्ञान मात्र लिएकाले विपदको बेला त्यसबाट काम लिन सकेनन् । त्यस्तो विपत्ती झेल्न सक्ने ज्ञान किताबमा उल्लेख थिएन । किताबमा उल्लेख नभएको कुरा उनीहरूले पढेकै थिएनन् तर युधिष्ठिरले किताबी ज्ञानलाई व्यावहारिक बनाउने कामसमेत गरेका थिए त्यसैले त्यही बाटोमा प्राप्त भएका चीजलाई व्यवहारमा ल्याउन सके र सजिलै विपत्तीलाई सामना गर्न सके ।

अब किताबी ज्ञान र व्यवहारिक ज्ञान कुन उत्तम रहेछ र ज्ञान कसरी प्राप्त गर्नुपर्दो रहेछ भन्ने कुरा भाइबहिनीहरू आफैँ भन्न सक्छौ होला होइन ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.