बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीबाट खैरो हेरोइनसहित युवक पक्राउ

सोमबार, ०४ साउन २०७८, १२ : ५९
सोमबार, ०४ साउन २०७८

कैलालीको टिकापुर नगरपालिका–७ कालाकुण्डबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एकजना युवकलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

से.४प ४३४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको साथबाट प्रहरीले ५ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप