शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा स्वास्थ्य सामग्री ल्याइयो

सोमबार, ०४ साउन २०७८, १३ : ४०
सोमबार, ०४ साउन २०७८

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा दोश्रो चरणको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ  । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फ्लेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स तथा मेड शेयरको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने गरि स्वास्थ्य सामग्री नेपाल ल्याइएको फाउन्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । 

 झण्डै दश करोड पचास लाख मूल्य बराबरको अनुदान सहयोगमा गाउन आइसोलेशन, फेससिल्ड, मास्क, डिजिटल थर्मोमिटर, पीपीई, बेडलगायत रहेका छन् । 

यसअघि पनि संस्थाले पहिलो चरणमा तीन करोड रुपैया बढीको अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, मास्क, पिपिइ, इमर्जेन्सी बेड लगायतका स्वास्थ्य सामग्री ल्याएको थियो । 

प्रतिमा निमा प्रतिष्ठान नेपालको कानुन बमोजिम दर्ता भइ सामाजिक गतिविधिमा लामो समयदेखि क्रियाशील गैर नाफामुलक, गैरसरकारी संस्था हो । सो संस्थाले विगतदेखि शिक्षा, स्वास्थ्य, जनचेतना, प्रशिक्षणमा कार्य गरिरहेको र जारी कोभिड संकटमा होल्डिङ्ग सेन्टर, विपदमा परेका नागरिकलाई निःशुल्क भोजनको व्यवस्था, स्वास्थ्य सामग्री संकलन र वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप